महिला एसियन गेम्स छनोट: मलेसियासँग पराजित भएपछि नेपालको यात्रा कठिन

महिला एसियन गेम्स छनोट: मलेसियासँग पराजित भएपछि नेपालको यात्रा कठिन

  • शनिबार, जेष्ठ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौँ, १६ जेठ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घरेलु टोली मलेसियासँग पराजित भएसँगै एसियन गेम्समा सहजै छनोट हुने पहिलो अवसरबाट विमुख भएको छ।

मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा शनिबार नेपाल मलेसियासँग दुई विकेटले पराजित भएको हो। यो पराजयसँगै नेपालले फाइनल पुग्दै एसियाली खेलकुदमा स्थान बनाउने सुनौलो मौका गुमाएको छ। प्रतियोगिताको फाइनलमा पुगेका मलेसिया र थाइल्यान्ड भने एसियन गेम्सका लागि छनोट भइसकेका छन्।

नेपालले अब एसियाली खेलकुदको टिकट काट्नका लागि तेस्रो स्थानको खेल जित्नैपर्ने दबाब छ। तेस्रो स्थानका लागि नेपालले आइतबार चीनको सामना गर्नेछ। शनिबारै भएको पहिलो सेमिफाइनलमा चीन थाइल्यान्डसँग ८३ रनले पराजित भएको थियो। यसअघि समूह चरणमा भएको भेटमा नेपालले चीनलाई १९ रनले हराएकाले आइतबारको खेलमा नेपाललाई केही मनोवैज्ञानिक लाभ हुने देखिन्छ।

खेलको संक्षिप्त विवरण:
बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रनको योगफल तयार पारेको थियो। नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ४६ रन र कविता कुवँरले ३३ रनको योगदान दिए। त्यस्तै रुबी पोदारले १७ र पूजा महतोले १५ रन जोडे।

१२७ रनको लक्ष्य पछ्याएको मलेसियाले ८ बल बाँकी छँदै ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका तर्फबाट बलिङमा रिया शर्माले ३ विकेट लिइन्। मनिषा उपाध्याय र रुविना क्षेत्रीले समान २–२ विकेट तथा सिता राना मगरले १ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी