प्रथम मुख्यसचिवको सालिक अनावरण

प्रथम मुख्यसचिवको सालिक अनावरण

  • शनिबार, जेष्ठ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

काठमाडौँ, १६ जेठः गोकर्णस्थित निजामती पार्क क्षेत्रमा निजामती सेवाका प्रथम महालेखापरीक्षकसमेत रहनुभएका प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण गरिएको छ । विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद् बैठकले गोकर्णस्थित जगडोल सामुदायिक वन क्षेत्रमा राष्ट्रिय सहिद तथा शान्ति स्मारक र निजामती पार्क बनाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले निर्णय गरेको २० वर्षपछि पार्कमा पहिलो मुख्यसचिवको सालिक अनावरण गरिएको हो । सहिद स्मारकका अधिकांश काम सुरु भए पनि सकिएको छैन । धेरै संरचना निर्माण सुरु भएर अलपत्र बनेका छन् । निजामती पार्क क्षेत्रमा प्रथम मुख्यसचिव थापाको सालिक अनावरण गर्दै मुख्यसचिव सुमनराज अर्यालले पार्कलाई निजामती कर्मचारीको अध्ययन केन्द्रका रूपमा विकास गरिने बताउनुभयो ।

निजामती कर्मचारीको धरोहरका रूपमा निजामती पार्कलाई विकास गरी नयाँ मुख्यसचिव नियुक्त भएपछि यहाँ आएर शपथ खाने र माल्यार्पण गर्ने स्थलमा रुपान्तरण गरी विकास गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशिका बनाएर व्यवस्थित गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, प्रजातन्त्र सेनानी नारायणबहादुर श्रेष्ठ, प्रथम मुख्यसचिव थापाका नाति विजय थापा, पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देललगायतले सहिद तथा शान्ति स्माक एवं निजामती पार्क यथाशीघ्र निर्माण सम्पन्न गर्न तीनै तहका सरकारबीच समन्वयात्मक रूपमा काम गरिनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ