आर्थिक वर्ष २०८३/८४ को बजेटः कृषि क्षेत्रको पुनरुत्थानमा सरकारको उच्च प्राथमिकता

आर्थिक वर्ष २०८३/८४ को बजेटः कृषि क्षेत्रको पुनरुत्थानमा सरकारको उच्च प्राथमिकता

  • शुक्रबार, जेष्ठ १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 893
    SHARES

काठमाडौँ, १५ जेठः कृषि क्षेत्रको पुनरुत्थानलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा रासायनिक मल खरिदका लागि बजेट वृद्धि गरी रु ३२ अर्ब ३६ करोड पुर्‍याइएको उल्लेख छ । ग्रिन युरिया मल उत्पादन गर्न निजी क्षेत्रलार्ई विद्युत् सहुलियत उपलब्ध गराइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

पशु चौपायामा लाग्ने खोेरेत रोग नियन्त्रण गर्न रु २४ करोड बजेटको व्यवस्था गरिएको छ । कृषि तथा पशुपन्छी विकासका लागि रु ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको पनि अर्थमन्त्री वाग्लेले सुनाउनुभयो ।

किसानलाई ४० प्रतिशतसम्म अनुदान, अनुदान वार्षिक १० प्रतिशतका दरले दिइने बजेट वक्तव्यमा उल्लेख छ । कृषि अनुदानको सदुपयोगका लागि विशेष अनुगमन गरिने भएको छ । कृषि अनुसन्धान तथा विकास केन्द्रका माध्यमबाट कृषि क्षेत्रको विकास गरिने भएको छ । कृषि तथ्याङ्क प्रणालीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत ल्याइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ