राजनीतिक अस्थिरताको अन्त्य, अब नयाँ आर्थिक युगको सुरुवात: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राजनीतिक अस्थिरताको अन्त्य, अब नयाँ आर्थिक युगको सुरुवात: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

  • शुक्रबार, जेष्ठ १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

काठमाडौँ। मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरताको दुष्चक्र अब पूर्ण रूपमा समाप्त भएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गर्नुभएको हो।

देशमा राजनीतिक स्थायित्व कायम भएसँगै अब नेपाल आर्थिक समृद्धिको नयाँ दिशामा अघि बढ्ने दाबी अर्थमन्त्रीले गर्नुभयो।

मन्त्रिपरिषद्‌बाट बजेट स्वीकृत, प्रधानमन्त्री वालेन्द्र शाह पनि संसद्‌मा उपस्थित
बजेट भाषण हुनुअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेट पारित गरेको थियो। मन्त्रिपरिषद्‌बाट बजेट स्वीकृत भएलगत्तै प्रधानमन्त्री वालेन्द्र शाहसहित सबै मन्त्रीहरू बजेट भाषणका लागि संसद् भवन पुग्नुभएको थियो।

“राजनीतिक स्थिरतासँगै अब मुलुकमा नयाँ आर्थिक युगको सूत्रपात भएको छ।” – डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री

वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य वाचन गरिरहनुभएको छ। यस बजेटले देशको आर्थिक विकासमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ