एशियन महिला छनोटः चीनमाथि नेपालको जित

एशियन महिला छनोटः चीनमाथि नेपालको जित

  • बुधबार, जेष्ठ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, १३ जेठः नेपाली महिला टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९ रनको शानदार जित हात पारेको छ ।

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रनमा समेटियो ।

चीनको लागि मिङ्युए झुले सर्वाधिक ३० रन बनाइन् । त्यस्तै वाङ हुईयिङले २१ तथा वेई हैटिङले १८ रन जोडिन् ।

नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिइन् । त्यस्तै मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १/१ विकेट लिए । त्यसअघि ट्स जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको योगफल बनाएको थियो।

नेपालका लागि पूजा महतोले उत्कृष्ट ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । त्यस्तै रुवी पोद्दारले २२ रनमा अविजित रहिन् । चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वाङ हुईयिङ र जियापिङ लीले समान १/१ विकेट हात पारे । अब नेपालले भोलि इन्डोनेसियासँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी