प्रधानमन्त्रीको दृष्टिकोण सुन्न जनता आतुर छन्, गणतन्त्र दिवसमा सम्बोधनको आशा छ: पूर्वराष्ट्रपति यादव

प्रधानमन्त्रीको दृष्टिकोण सुन्न जनता आतुर छन्, गणतन्त्र दिवसमा सम्बोधनको आशा छ: पूर्वराष्ट्रपति यादव

  • बुधबार, जेष्ठ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौं, जेठ १३ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्। नेपाल प्रेस युनियनको विधान सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्रीले कार्यभार सम्हालेको दुई महिना पुगिसक्दा पनि हालसम्म संसद् वा राष्ट्रका नाममा कुनै औपचारिक सम्बोधन नगरेको तर्फ पूर्वराष्ट्रपति यादवले ध्यानाकर्षण गराए। संसदीय व्यवस्थामा प्रधानमन्त्री नै कार्यकारी प्रमुख हुने भएकाले मुलुकलाई कता लैजाने र संघर्षका उपलब्धिलाई कसरी जोगाउने भन्नेबारे प्रधानमन्त्रीको दृष्टिकोण सुन्न सम्पूर्ण नेपाली जनता आतुर रहेको उनले बताए।

“युवाहरू संसद् र सरकारमा आउनु नेपाली जनताको १०० वर्षको योगदानको उपलब्धि हो,” यादवले भने, “यसलाई संस्थागत गरेर कसरी अघि बढाउने भन्नेमा नेतृत्वले गम्भीरतापूर्वक सोच्न आवश्यक छ।”

यद्यपि, प्रधानमन्त्री शाह भने गणतन्त्र दिवसमा आफैँ सम्बोधन गर्ने पक्षमा देखिएका छैनन्। उनले मन्त्रिपरिषद्‌बाट निर्णय गराएर गणतन्त्र दिवसका अवसरमा सम्बोधन गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई हालै पत्रसमेत पठाइसकेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ