प्रधानमन्त्री बालेन शाहलाई संसदमा ल्याउन हर्क साम्पाङको माग, नभए आफूलाई निकाल्न सभामुखलाई चुनौती

प्रधानमन्त्री बालेन शाहलाई संसदमा ल्याउन हर्क साम्पाङको माग, नभए आफूलाई निकाल्न सभामुखलाई चुनौती

  • बुधबार, जेष्ठ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा नियमावलीअनुसार रुलिङ गरेर प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित गराउन माग गरेका छन्। प्रधानमन्त्रीलाई संसद्मा ल्याउन नसक्ने हो भने नियमावलीकै व्यवस्था प्रयोग गरेर आफूलाई संसद्बाट निकाल्न उनले सभामुखलाई आग्रह गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सांसद साम्पाङले आफ्नो स्थानबाट उठेर पर्चा देखाउँदै विरोध जनाएका थिए। त्यसपछि सभामुख डिपी अर्यालले उनलाई बोल्नका लागि समय दिएका थिए।

संसद्मा बोल्दै साम्पाङले प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीलाई संसद्मा आउन रुलिङ गर्नुपर्ने माग गरे। यदि रुलिङ नगर्ने हो भने नियमावलीकै नियम ३१ को उपनियम १ लागू गरेर आफूलाई सदनबाट बाहिर निकाल्ने आदेश दिन उनले चुनौती दिए।

‘सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नु भएको छैन। नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियम ३१ को उपनियम १ लागू गरेर मलाई यो सदनबाट निष्कासन गरी सदनको गरिमा बढाइदिनूस्। निष्कासनको आदेश दिनुपर्‍यो,’ उनले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ