नेकपाबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखको दुई दिने प्रशिक्षण भेला आजदेखि सुरु

नेकपाबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखको दुई दिने प्रशिक्षण भेला आजदेखि सुरु

  • बुधबार, जेष्ठ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौँ, १३ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखहरूको दुई दिने प्रशिक्षण भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। आज र भोलि (बिहीबार) कमलादीस्थित प्रज्ञा भवनमा भेला आयोजना गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव गणेश पुनले जानकारी दिएका छन्।

पार्टीको केन्द्रीय स्थानीय तह विभागद्वारा आयोजित उक्त कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसमेतको सहभागिता रहने मुख्य सचिव पुनले बताए।

उपस्थिति: प्रदेश पार्टीका इन्चार्ज र संयोजक, स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षहरू।

प्रतिनिधित्वको नियम: यदि स्थानीय तहको प्रमुख र उपप्रमुख (वा अध्यक्ष र उपाध्यक्ष) दुवै पदमा नेकपाकै पदाधिकारी निर्वाचित भएका छन् भने प्रमुख वा अध्यक्ष (एक जना मात्र) सहभागी हुनुपर्नेछ।

विशेष अवस्था: यदि पदाधिकारीमा उपप्रमुख वा उपाध्यक्ष मात्र नेकपाका तर्फबाट निर्वाचित छन् भने उनीहरूको अनिवार्य उपस्थिति हुनुपर्ने निर्देशन दिइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ