यि हुन एसईई २०८२मा कञ्चनपुर लालझाडीका सुन्य नतिजा ल्याउने सरकारी विद्यालय

यि हुन एसईई २०८२मा कञ्चनपुर लालझाडीका सुन्य नतिजा ल्याउने सरकारी विद्यालय

  • मङ्लबार, जेष्ठ १२, २०८३
  • डम्मर दत्त भट्ट

  • 19.5K
    SHARES

कञ्चनपुर जेठ १२ । कञ्चनपुरको लालझाडी गाँउपालिकामा रहेका दुई सामुदायिक विद्यालयको एसईईमा सुन्य नतिजा आएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०८२मा संचालन गरेको माध्यामिक शिक्षा परीक्षा(एसईई)मा सुन्य नतिजा ल्याएको हो । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुसार लालझाडीको सरस्वती मावि छोटी पर्सिया र सरस्वती मावि पर्सियाले एकपनि विद्यार्थी उत्र्तीण गराउन सफल भएका छैनन ।
लालझाडीको छोटी पर्सिया सरस्वती माविका ४४, पर्सियाको सरस्वती माविका २७ पुरै विद्यार्थी फेल भएका छन ।
०८१ को एसईई नतिजामा लालझाडी सहितका जिल्लाका पाँच विद्यालय निल भएका थिए, भने ०८२मा पनि चार विद्यालय निलै भएका छन । एसईई ०८० मा पनि लालझाडीका दुई विद्यालय निल भएका थिए ,०८१ मा १ र ०८२मा अहिले २ विद्यालय निल भएका हुन ।
लालझाडी गाँउपालिकामा विगत तीन बर्षदेखि सरकारी विद्यालय निल हुने क्रम निरन्तर जारी रहेको छ । ०८० मा लालझाडी गाँउपालिका ३ छोटी पर्सियाको सरस्वती मावि, ४ बैजनाथ मावि जाई, ०८१ मा नौरङगाको शारदा राष्ट्रिय मावि, अहिले ०८२ मा फेरी छोटी पर्सियाको सरस्वती मावि र पर्सियाको सरस्वती मावि निल भएको हो । दुई बर्ष अघि छोटी फर्सियाकै सरस्वती माविका २०, लालझाडीकै जाई बैजनाथ माविका र ०८१मा नौरङगाको शारदा राष्ट्रिय माविका ३६ पुरै विद्यार्थी फेल भएका थिए ।
लालझाडी गाँउपालिका सहित कञ्चनपुरका सरकारी लगानीमा संचालनमा रहेका विद्यालय रहेक बर्ष एसईईमा निल हुनेक्रम अझै रोकिएको छैन ।
०८० र ०८२को एसईई परीक्षामा विद्यालय निल भएका लालझाडी छोटी फर्सिया सरस्वती माविमा प्रद्यानाध्यापक तारामणी शर्माले दुई बर्ष अनपेक्षित परिमाण आएको बताए । ‘०८०मा अनपेक्षित परिमाण आएपछि हामीले मेहनत गरेर ०८१मा राम्रो नतिजा ल्याऔँ, ‘उनले भने, ‘हामीले शैक्षिक कामकाज गर्नका लागि अतिरिक्त कक्षा संचालन पनि संचालन ग¥यौैँ, तर पनि अनपेक्षित परिमाण आयो, यसबारे समिक्ष गर्छु, मैले नैतिकताका आधारमा राजिनामा पनि दिन्छु ।’ शिक्षकहरुकै कमिकमजोरीका कारण यस्तो नतिजा आउन लागेको उनले दुखेसो पोखेका छन । ‘विद्यार्थी अभिभावक, समुदाय सरकारलाई दोषि दिएर काम छैन, ‘उनले भने, ‘हामीहरुकै कमजोरीले यस्तो नतिजा आयो, सुुधार गछौैँ, स्वीकार गछौँ ।’ े
लालझाडी गाँउपालिका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले सुन्य नतिजा ल्याएका विद्यालयसंग निरन्तर प्रयास जारी रहेको बताए । आगामी दिनमा समेत छलफल गरेर अघि बढ्दै सुधारका कार्यक्रम अघि बढाउने बताए ।
लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले निल हुने क्रम रोक्नकै लागि पालिका सरकारबाट सामुदायिक विद्यालयका अतिरिक्त कक्षा संचालनदेखि थप सेवा सुविधा बढाएपनि निल हुनेक्रम नरोकिएकाले कार्बाहीको चेतावनी दिएका छन ।
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले राज्यको लगानीमा संचालित विद्यालयको नतिजा सुन्य दुखत विषय भएको बताए । सामुदायिक विद्यालयमा दरबन्दीदेखिका विवित विषयत शिक्षकले ध्यान नदिदाको परिमाण नतिजा सुुन्यदेखि स्तरिय नआएको बताए । ‘सुन्य नतिजा ल्याउने विद्यालयमा हामीले पत्राचार गरेरै स्पष्टिकरण सोध्छौँ, ‘उनले भने, ‘बाँकी कमजोर नतिजा आएका विद्यालयदेखि अन्य सबै विद्यालयका प्रअसंग बैठक राखेर नतिजा बारे समिक्षा राखेर सुधार गर्ने योजना अघि सारेका छौँ ।’ सरकारी विद्यालयको नतिजा नाजुक आएपछि अभिभावक हैरान भएका छन । अभिभावकले राज्यको लगानी खेरदेखि विद्यार्थी, विद्यार्थीमाथि अन्याय हुँदा समेत सरोकारवाला नयाँ योजना ल्याउनुकोे साटो मौन रहेको भन्दै दुखेसो पोखेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी