चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी नियुक्त

  • मङ्लबार, जेष्ठ १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौं, १२ जेठ ।
चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदको जिम्मेवारी डा. श्रीकृष्ण गिरीले पाएका छन्। प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा. गिरीलाई सो जिम्मेवारी सुम्पेका हुन्।

नवनियुक्त उपाध्यक्ष डा. गिरीले सोमबार नै आयोगको कार्यालय पुगेर आफ्नो कार्यभार सम्हालेका छन्। “मैले नियुक्तिको पत्र बुझिसकेको छु र अर्को व्यवस्था नभएसम्मका लागि आयोगको जिम्मेवारी सम्हाल्ने गरी कार्यक्षेत्रमा खटिएको छु,” डा. गिरीले जानकारी दिए।

सरकारले हालै ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेसँगै आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झा लगायतका पदाधिकारीहरू पदमुक्त भएका थिए। सो अध्यादेशपछि रिक्त रहेको शीर्ष पदमा सरकारले डा. गिरीलाई ल्याएको हो।

डा. गिरी चिकित्सा शिक्षा आयोगका संस्थापक उपाध्यक्ष समेत हुन्। आयोग स्थापना भएपछि पहिलो उपाध्यक्षका रूपमा उनले ४ वर्षे सफल कार्यकाल पूरा गरेर अवकाश पाएका थिए। आयोगको कार्यप्रणाली र कानुनी संवेदनशीलता बुझेका कारण उनलाई पुनः यो महत्त्वपूर्ण जिम्मेवारी दिइएको बुझिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ