संघीय सरकारले प्रदेशको क्षेत्राधिकारमा प्रहार गर्‍यो : मुख्यमन्त्री कार्की

संघीय सरकारले प्रदेशको क्षेत्राधिकारमा प्रहार गर्‍यो : मुख्यमन्त्री कार्की

  • मङ्लबार, जेष्ठ १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले प्रदेशको क्षेत्राधिकारमाथि निरन्तर हस्तक्षेप गरिरहेको आरोप लगाएका छन् । प्रदेशको आगामी बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग सुझाव संकलन गर्न आयोजित कार्यक्रममा बोल्दै उनले केन्द्र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका हुन्।

मुख्यमन्त्री कार्कीले संघीय सरकारले केही दिनअघि मात्रै प्रदेशको क्षेत्राधिकारभित्र पर्ने नयाँ सवारी साधन दर्ता कार्य रोक्न परिपत्र गरेको दृष्टान्त दिए । “यातायात क्षेत्र पूर्ण रूपमा प्रदेशको अधिकारभित्र पर्छ, तर संघीय सरकारले हामीसँग कुनै सल्लाह नै नगरी एक्कासि नयाँ दर्ता बन्द गर्ने निर्णय गर्‍यो,” उनले भने, “यसले प्रदेशको राजस्व आम्दानीमा ठूलो धक्का लाग्नेछ। हाम्रा हातखुट्टा बाँध्ने काम भइरहेको छ।”

संविधानले स्पष्ट रूपमा प्रदान गरेका अधिकारहरू समेत संघीय सरकारका विभिन्न परिपत्रका कारण संकुचित हुँदै गएको उनको भनाइ छ । मुख्यमन्त्री कार्कीले केन्द्रका मन्त्री र सचिवस्तरीय निर्णयका नाममा प्रदेश कानुन र संविधानको भावनाविपरीतका निर्देशनहरू आउने गरेको गुनासो गरे।

यसका साथै, संघीय सरकारले पठाएका परिपत्रहरू कर्मचारीले तत्काल पालना गर्ने तर प्रदेशका आफ्नै कानुन कार्यान्वयनमा भने अटेरी गर्ने प्रवृत्ति बढेको भन्दै मुख्यमन्त्रीले असन्तुष्टि व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ