संवेदनशील मुद्दाको फैसला वा पैरवी गरेको दिन सामाजिक सञ्जाल नहेर्नू: न्यायाधीश पोखरेल

संवेदनशील मुद्दाको फैसला वा पैरवी गरेको दिन सामाजिक सञ्जाल नहेर्नू: न्यायाधीश पोखरेल

  • सोमवार, जेष्ठ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र कानून व्यवसायी (वकिल) हरूलाई आग्रह गरेका छन्।

काठमाडौँमा आयोजित ‘मानसिक सु-स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायाधीश पोखरेलले सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र वकिलहरूको मनोविज्ञानमा गम्भीर असर पार्न सक्ने तर्फ सचेत गराए।

“जुन पब्लिकको चासो भएको मुद्दाको बहस गर्नुहुन्छ वा हामी न्यायाधीशहरूले फैसला गर्छौँ, त्यो दिनको बेलुका सामाजिक सञ्जाल नहेर्नू,” न्यायाधीश पोखरेलले भने, “कुनै एउटा फैसला गर्‍यो वा कुनै एउटा राम्रो मुद्दाको बहस गर्‍यो भने त्यसको नतिजा राम्रो आयो भने प्रशंसा आउँछ। त्यसले ‘ओहो म त भयंकर रहेछु’ भन्ने वा नराम्रो प्रतिक्रिया आएमा ‘राक्षस नै रहेछु’ भन्ने सोचाइको विकास गराउँछ।”

कुनै मुद्दाको फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने तत्कालिन प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउने भएकाले सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने उनको भनाइ थियो।

न्यायाधीश पोखरेलले थपे, “त्यो दिनको बेलुकाको अनलाइन मिडिया र सोसियल मिडिया हेर्नुभएन भने भोलि बिहानदेखि त्यो कुराको भाष्य नै परिवर्तन भइसकेको हुन्छ। त्यसकारण तपाईंले जुन दिन सार्वजनिक सरोकारको मुद्दाको पैरवी वा फैसला गर्नुहुन्छ, त्यो दिन केही पनि नहेर्नू।”

तत्कालीन प्रतिक्रियाभन्दा समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने भएकाले संवेदनशील मुद्दामा संलग्न हुनेहरूका लागि त्यसदिन अनलाइन र सोसल मिडिया नहेर्नु नै मानसिक स्वास्थ्यका दृष्टिकोणले उपयुक्त हुने धारणा उनले राखे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ