नेकपा एमाले बैठक: अध्यक्ष ओलीको राजीनामा माग्ने क्रम बढ्यो, महासचिव पोखरेलद्वारा पनि ‘मार्ग प्रशस्त’ गर्न आग्रह

नेकपा एमाले बैठक: अध्यक्ष ओलीको राजीनामा माग्ने क्रम बढ्यो, महासचिव पोखरेलद्वारा पनि ‘मार्ग प्रशस्त’ गर्न आग्रह

  • शनिबार, जेष्ठ ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ | नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने नेताहरूको सङ्ख्या बढ्दै गएको छ। शुक्रबारको बैठकमा चार जना उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा मागेका थिए भने शनिबार पनि महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई लगायतका शीर्ष नेताहरूले अध्यक्ष ओलीलाई पद त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।

यसअघि अध्यक्ष ओलीलाई बलियो साथ दिँदै आएका महासचिव शंकर पोखरेलले शनिबारको बैठकमा खुलेरै ओलीलाई नेतृत्व छाड्न आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए।

महासचिव पोखरेलले बैठकमा पार्टीमा ठुलो सुधारको आवश्यकता औँल्याएका थिए। “पार्टी पुनर्गठनको आवाज ठुलो छ। अब पार्टी यत्तिकै अवस्थामा अघि बढ्न सक्दैन,” पोखरेलको भनाइ उद्धृत गर्दै ती नेताले भने, “यथास्थितिबाट अघि बढ्न सकिँदैन।” पोखरेलले ‘राजीनामा’ शब्द प्रत्यक्ष प्रयोग नगरे पनि ‘मार्ग प्रशस्त’ गर्नुपर्नेमा जोड दिएका थिए। तर, उपमहासचिव योगेश भट्टराईले भने बैठकमा स्पष्ट रूपमा ‘राजीनामा’ शब्द नै प्रयोग गरेर ओलीको बहिर्गमनको माग गरेका थिए।

शनिबारको बैठकमा कसले के गरे?
धारणा राख्ने प्रमुख नेताहरू: शनिबारको बैठकमा महासचिव पोखरेल र उपमहासचिव भट्टराईबाहेक उपमहासचिवहरू रघुवीर महासेठ र लेखराज भट्टले पनि आफ्नो धारणा राखेका थिए।

पार्टीको अवस्थाबारे समीक्षा: सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, महेश बस्नेत र हिक्मत कार्की लगायतका नेताहरूले पार्टीको वर्तमान अवस्था र आगामी दिशाबारे आफ्ना विचार प्रस्तुत गरेका थिए।

केन्द्रीय कमिटीको यो महत्त्वपूर्ण बैठक भोलि (आइतबार) पनि जारी रहनेछ। भोलिको बैठकमा शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र यमलाल कँडेलले आ-आफ्नो धारणा राखेपछि बैठक समापन हुने कार्यतालिका छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ