कोइराला निवास पुगेर गगन थापाले भने– अनुहार मन पर्दैन भने भन्नु केही छैन

कोइराला निवास पुगेर गगन थापाले भने– अनुहार मन पर्दैन भने भन्नु केही छैन

  • शनिबार, जेष्ठ ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

विराटनगर, ९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विधान अनुसार सदस्यता नवीकरणमा अवरोध गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शनिबार बिहान विराटनगरस्थित डा. शेखर कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्।

महामन्त्री थापाले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको स्पष्ट पार्दै सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दाबी गरे।

“कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गरे पार्टीको विधान अनुसार ती साथीलाई ‘धन्यवाद’ भनेर अर्को साथीलाई जिम्मेवारी दिइनेछ। त्यो प्रक्रिया प्रारम्भ भइसकेको छ,” थापाले भने, “पार्टीको क्रियाशील सदस्यको तथ्याङ्क केन्द्रसँग हुनु भनेको भोलि उम्मेदवार छान्ने बेला र सूचना पाउने बेला सदस्यको अधिकार बलियो हुनु हो। यसमा कसैले अवरोध सिर्जना गर्नुहुन्न भन्ने विश्वास छ।”

पार्टीभित्रको आन्तरिक विवादलाई संकेत गर्दै महामन्त्री थापाले सबै नेताहरूको सहमतिमा संगठन चलाउन आफू बाधक नबन्ने स्पष्ट पारे।

उनले अगाडि भने, “पार्टीका सबै नेताहरूले को–को राख्दा चित्त बुझ्छ भन्नुस्, ती सबै राख्न म तयार छु। पार्टीको सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र निर्वाचन समिति पनि सल्लाहकै आधारमा बनाउने तथा चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समितिभित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि अब कि त ‘अनुहार मन पर्दैन’ भन्नुपर्‍यो, त्योभन्दा बाहेक बाँकी रहेको भन्ने ठाउँ केही पनि छैन।”

फरक प्रसंगमा महामन्त्री थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन जानीजानी सार्वजनिक नगरिएको गम्भीर आरोप लगाएका छन्। प्रतिवेदन सच्याउनका लागि आयोगमाथि ठूलो दबाब दिइएको दाबी गर्दै उनले तत्काल उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

“मानव अधिकार आयोगको प्रतिवेदन जानीजानी लुकाइएको छ, यदि हाम्रो कुरा गलत हो भने तत्काल सार्वजनिक गरियोस्,” उनले जोड दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ