काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (शनिबार) पनि बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, गुण्डुस्थित निवासमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
बैठकमा पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा र आगामी निर्वाचनको तयारीलगायतका समसामयिक राजनीतिक विषयहरूमा सघन छलफल भइरहेको छ ।
पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार हिजो (शुक्रबार) को बैठकमा पाँच जना उपाध्यक्षहरूले आफ्नो धारणा र प्रतिवेदन प्रस्तुत गरिसकेका छन् । आजको बैठकमा बाँकी १२ जना पदाधिकारीहरूले बोल्ने कार्यसूची तय भएको छ । पदाधिकारीहरूको भनाइ र सुझाव समेटिएपछि बैठकले पार्टीको आगामी रणनीति तय गर्दै महत्वपूर्ण निर्णयहरू सार्वजनिक गर्ने बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline