समाज कल्याण परिषद् र बाल अधिकार परिषद्लाई पुनःसंरचना गछौँ : मन्त्री वादी

समाज कल्याण परिषद् र बाल अधिकार परिषद्लाई पुनःसंरचना गछौँ : मन्त्री वादी

  • शुक्रबार, जेष्ठ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौँ, ८ जेठ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले समाज कल्याण परिषद् र राष्ट्रिय बाल कल्याण परिषद्लाई पुनःसंरचना गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री वादीले आफूले कार्यभार सम्हालेपछि मन्त्रालयसँग सम्बन्धित नीतिगत र संरचनात्मक पुनःसंरचना गर्न थालिएको बताउनुभएको हो । उहाँले स्रोत र साधनले भ्याएसम्म मन्त्रालयको कार्यक्षेत्रमा रहेका विषयमा अधिकतम परिणाम आउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक ऐनमार्फत सङ्घ–संस्थाको व्यवस्थापन, लैङ्गिक समानतासम्बन्धी ऐन तर्जुमा, बालबालिका र अपाङ्गता अधिकारसम्बन्धी कानुनको पुनरावलोकन गर्ने योजना रहेको पनि जानकारी गराउनुभयो । “हाम्रो संविधानले सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई कानुनको समान संरक्षणवाट वञ्चित नगरिने व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो, “संविधानले दिएको मौलिक हक तथा अन्तररााष्ट्रिय मानवअधिकारसम्बन्धी कानुनको पालनाका लागि हामी लाग्नेछौँ । कुनै पनि प्रकारका विभेद, बहिष्करण, हिंसा वा घृणाजन्य व्यवहार स्वीकार्य हुँदैन ।”

मन्त्रालयका सचिव राधिका अर्यालले चालु आर्थिक वर्षमा मन्त्रालयको रु एक अर्ब ६२ करोड बजेट रहेकामा आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब आठ करोड बजेट सीमा (सिलिङ) रहेको जानकारी दिनुभयो । उहाँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षाको कार्यक्षेत्र थप बजेट आवश्यक भएको बताउनुभयो ।

समितिका सभापति आकृति अवस्थीको अध्यक्षतामा भएको बैठकमा सदस्यहरू ज्वालाकुमारी सङ्ग्रौला, रीमा विश्वकर्मा, एशुदाकुमारी बराल, टुकाभद्र हमाल, पार्वती विकलगातले मन्त्रालयको बजेट बढाउनुपर्ने र प्रभावकारी काम हुनुपर्ने माग गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ