भलिबलः नेपाल भारतसँग पराजित

भलिबलः नेपाल भारतसँग पराजित

  • शुक्रबार, जेष्ठ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ, ८ जेठः राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पिपयनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा भारतसँग नेपाल ३–२ सेटले पराजित भएको हो । प्रतियोगितामा खेलको पहिलो सेट नेपालले जित्यो । त्यसपछि लगातार दुई सेट गुमाएको नेपालले चौथो सेट आफनो पक्षमा पा¥यो तर खेलको पाँचौ तथा अन्तिम सेटमा पराजित हुन पुग्यो ।

पहिलो सेटमा २५–२० ले जितेको नेपालले त्यसपछि लगातार दुई सेट २५–२० र २५–१९ ले पछि प¥यो । खेलको चौथो सेटमा नेपालले २५–२१ ले आफनो पक्षमा पारेपनि त्यसपछिको पाँचौ तथा अन्तिम सेट भारतले १५–९ ले जित्यो र नेपाल भारतसँग सँग पराजित हुन पुग्यो ।

घरेलु दर्शककको भरपुर साथ पाएको नेपालको खेल हेर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि सहभागी हुनुहुन्थ्यो ।

विभिन्न आठ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारतसँगै कीर्गिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘बी’मा श्रीलंका, इरान, बङ्गलादेश र काजकिस्तान रहेका छन् । आजै सम्पन्न अर्को खेलमा इरानले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै जित हासिल गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी