प्रतिनिनिधसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिनिधसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • बिहिबार, जेष्ठ ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

काठमाडौँ, जेठ ७, २०८३ — प्रतिनिधिसभाको बैठक आज बिहीबार बिहान ११ बजेदेखि बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजको बैठकको मुख्य कार्यसूची:

 

– प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव

– मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव
– राष्ट्रिय सभा विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव

यसका साथै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि विभिन्न प्रस्तावहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

यो बैठकले निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउने तथा मतदाता नामावलीलाई थप विश्वसनीय बनाउने विषयमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ