काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका व्यक्तिहरूलाई पुनर्स्थापना खर्चबापत सरकारले एकमुस्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले विस्थापित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था आफैं गर्न सहयोगस्वरूप प्रतिपरिवार १५ हजार रुपैयाँ उपलब्ध गराइने जानकारी दिए। पाँच सदस्यभन्दा बढी सदस्य भएका परिवारका हकमा थप प्रत्येक सदस्यका लागि दुई हजार रुपैयाँका दरले बसोबास व्यवस्थापन खर्च तीन महिनासम्म प्रदान गरिने उनले बताए।
यसका साथै, वृद्ध, असहाय तथा अशक्त व्यक्तिहरूलाई सरकारले तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने निर्णय गरिएको छ। बालबालिकाको शिक्षा तथा स्वास्थ्य सेवासुविधा सुनिश्चित गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गरिने पनि मन्त्री पोखरेलले जानकारी दिए।