प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ आजदेखि, सातवटा उजुरीमाथि छलफल हुने

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ आजदेखि, सातवटा उजुरीमाथि छलफल हुने

  • मङ्लबार, जेष्ठ ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ । संवैधानिक परिषद्‍बाट प्रधानन्यायाधीश पदका लागि सिफारिस गरिएका सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ प्रक्रिया आज (मंगलबार) बाट सुरु हुँदैछ। सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान ८ बजे सिंहदरबारस्थित विधायन व्यवस्थापन समितिको सभाकक्षमा बोलाइएको छ।

उजुरी आजै खोलिने, १० दिने म्याद सकियो
प्रधानन्यायाधीशमा सिफारिस शर्माविरुद्ध समितिमा सातवटा उजुरी परेका छन्। समितिकी उपसचिव सावित्रा शर्माका अनुसार सोमबार कार्यालय समयसम्म दर्ता भएका ती उजुरीहरू आजको बैठकमा खोलिने र अध्ययनका लागि समितिका सबै सदस्यहरूलाई वितरण गरिने तयारी छ। यसअघि समितिले गत वैशाख २५ गते शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गरेको थियो।

नियुक्ति प्रक्रिया र वर्तमान विवाद
संवैधानिक परिषद्को गत वैशाख २४ गते बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने कानुनी प्रावधान छ।

तर, सर्वोच्च अदालतको चौथो वरियतामा रहेका शर्मालाई वरिष्ठता मिचेर प्रधानन्यायाधीश बनाउन लागिएको भन्दै यो सिफारिस विवादमा परेको छ। शर्माको सिफारिसप्रति कायममुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल र नेपाल बार एशोसियसन लगायतले असन्तुष्टि जनाउँदै विरोध गरिरहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ