व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ

व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ

  • सोमवार, जेष्ठ ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं पर्साको वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई प्रहरीले केही बेरअघि जरुरी पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिएको हो।

आफ्नो महाअभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेका प्रसाईंलाई भोलि तय गरिएको कार्यक्रम अगावै प्रहरीले समातेको हो। स्थानीय प्रशासनबाट कार्यक्रमका लागि अनुमति नपाएपछि प्रहरीले यो कदम चालेको बुझिएको छ।

यसअघि पनि प्रसाईंले पर्सामा पटक-पटक कार्यक्रम गर्ने प्रयास गरेका थिए। तर, स्थानीय प्रशासनले अनुमति नदिएको र सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएर कार्यक्रम बिथोल्दै आएको छ। पक्राउ परेका प्रसाईंमाथि थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ