एमाले सचिवालय बैठक आज बस्दै: नेताहरूको कार्यविभाजन र स्थानीय तह निर्वाचन रणनीति मुख्य एजेन्डा

एमाले सचिवालय बैठक आज बस्दै: नेताहरूको कार्यविभाजन र स्थानीय तह निर्वाचन रणनीति मुख्य एजेन्डा

  • सोमवार, जेष्ठ ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बैठक बोलाइएको हो। यसअघि जेठ २ गते बस्ने भनिएको यो बैठक तयारी नपुगेको उल्लेख गर्दै आजका लागि सारिएको थियो।

११औँ महाधिवेशन सम्पन्न भएपछि नेताहरूको कार्यविभाजन हुन नसकेकाले आजको बैठक मुख्य गरी सोही विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन्।

केन्द्रीय सदस्यहरूलाई पालिकाको जिम्मेवारी दिइने
पार्टीका एक पदाधिकारीका अनुसार संगठनलाई तल्लो तहदेखि नै चुस्त बनाउन केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको जिम्मेवारी दिएर खटाउने तयारी गरिएको छ। आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउने रणनीतिका साथ हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज तोकेर कार्यक्षेत्रमा पठाइने ती पदाधिकारीले जानकारी दिए। यसका साथै केन्द्रीय विभाग तथा अन्य निकायहरूमा पनि जिम्मेवारी बाँडफाँटको टुङ्गो आजकै बैठकले लगाउनेछ।

बैठकका अन्य मुख्य एजेन्डाहरू:
केन्द्रीय कमिटी बैठकको मिति तय: गत फागुनमा सम्पन्न भएको निर्वाचनको विस्तृत समीक्षा गर्नका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने र त्यसको मिति तय गर्ने।

सुकुमबासी समस्या र सरकारको आलोचना: सरकारले जबरजस्ती हटाएका सुकुमबासीहरूको व्यवस्थापनको सवाल तथा सरकारका पछिल्ला कामकारबाहीले जनतामा पारेको नकारात्मक असरका बारेमा समीक्षा र आगामी रणनीति तय गर्ने।

महाधिवेशनपछिको सांगठनिक स्वरुप र भावी राजनीतिक कार्यदिशा तय गर्नका लागि एमालेको आजको सचिवालय बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ