कुशल भुर्तेलको सानदार शतक: नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

कुशल भुर्तेलको सानदार शतक: नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

  • शनिबार, जेष्ठ २, २०८३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ । ओपनर कुशल भुर्तेलको सानदार अविजित शतकको मद्दतले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अमेरिकामाथि ९ विकेटको विशाल जित दर्ता गरेको छ। अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले मात्र ३६ ओभर ४ बलमा १ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

कुशल र आसिफको कीर्तिमानी साझेदारी

नेपालको जितमा ओपनर कुशल भुर्तेलले आक्रामक र परिपक्व ब्याटिङ गरे। उनले ११७ बलको सामना गर्दै १३ चौका र ४ छक्काको मद्दतमा १२० रनको अविजित शतकीय इनिङ्स खेले।

जीतका लागि कुशल र अर्का ओपनर आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए। आसिफ शेख ७२ बलमा ५९ रन बनाएर आउट भए भने इसान पाण्डे २९ बलमा १६ रन जोड्दै कुशलसँगै नटआउट रहे। अमेरिकाका तर्फबाट मोहम्मद मोहसिनले मात्र १ विकेट लिन सके।

दीपेन्द्रको घातक बलिङ
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटिएको थियो। अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन (८९ बल, ८ चौका, ३ छक्का) बनाए भने शेहान जयसुरियाले ५० रनको योगदान दिए।

एक समय १२२ रनमा मात्र १ विकेट गुमाएर बलियो स्थितिमा रहेको अमेरिकाको शतकीय साझेदारीलाई नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ब्रेक लगाएका थिए। त्यसपछि नेपाली बलरहरू खेलमा हाबी हुँदा अमेरिकी ब्याटिङ लाइनअप तासको महल झैँ भत्कियो।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। यस्तै सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले १–१ विकेट चट्काए।

अर्को खेल सोमबार

लिग-२ अन्तर्गत आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट कमब्याक गरेको हो। नेपालले अब आफ्नो तेस्रो खेल आगामी सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी