आइसीसी विश्वकप लिग–२ः वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकियो

आइसीसी विश्वकप लिग–२ः वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकियो

  • बिहिबार, बैशाख ३१, २०८३
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौँ, ३१ वैशाखः वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकिएको छ । अमेरिकाले २६ दशमलव ४ ओभर खेल्दा खेल रोकिएको हो । अमेरिकाले चार विकेटको क्षतिमा १६० रन बनाएको छ । अमेरिकाका लागि स्मित पटेलले ७२ तथा कप्तान मोनाङ्क पटेलले १२ रन बनाए ।

यसअघि आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ट्स हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ४७ ओभरमा ६ विकेट गुमाउँदै ३२१ रन बनायो । पचास ओभरको खेललाई वर्षाका कारण ४७ ओभरमा झारिएको हो । स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले १०२ बल खेल्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ७७ रन बनाए । विकेटकिपर म्याथ्यु क्रसले ३२ बलमा ८ चौका र दुई छक्काको सहयोगमा ५८ रन जोडे ।

त्यस्तै ब्रान्डन म्याकमुलनले ४० बलमा ५ चौका र ३ छक्कासहित ५५ रन, माइकल इङ्लिसले ३२, मार्क वाटले अविजित २५ तथा माइकल लिस्कले अविजित २८, कप्तान रिची बेरिङ्टनले १० तथा जर्ज मुन्सीले २० रनको योगदान दिए ।

बलिङतर्फ अमेरिकाका लागि सौरभ नेत्रवाल्कर र जसदीप सिंहले दुई दुई तथा मिलिन्द कुमार र शुभम रन्जनेले एक एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी