काठमाडौं : प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सदनमा उपस्थितिको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।
यसअघि पनि १५ मिनेटका लागि नै स्थगित भएको बैठक करिब एक घण्टा ढिलो गरी सुरु भएको थियो। आजको बैठकमा प्रधानमन्त्री शाहले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो।
तर, प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले उक्त प्रस्ताव टेबुल गरेपछि विपक्षी दलहरूले आपत्ति जनाएका हुन्। नीति तथा कार्यक्रममाथि हुने छलफल र उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान विपक्षीको छ।
विपक्षी दलहरूले आफ्नो अडान कायम राखेपछि सदनमा गतिरोध उत्पन्न भएको थियो, जसका कारण सभामुखले बैठक पुनः १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline