नीति तथा कार्यक्रममाथि सांसदका प्रश्नको जवाफ आज प्रधानमन्त्रीले दिने

नीति तथा कार्यक्रममाथि सांसदका प्रश्नको जवाफ आज प्रधानमन्त्रीले दिने

  • बुधबार, बैशाख ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौँ, ३० वैशाख । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने र प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले गत वैशाख २८ गते सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत ‘आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल सुरु गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछन् र ती संशोधनमाथि छलफल गरिनेछ। सांसदहरूले उठाएका जिज्ञासा, सुझाव र आलोचनामा केन्द्रित रहेर आजै प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने कार्यक्रम तय गरिएको संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सम्बोधनपछि आजै नीति तथा कार्यक्रमलाई पारित गर्ने प्रक्रिया अघि बढ्न सक्ने सम्भावना छ। सरकारले जेठ १५ गते बजेट ल्याउनुपूर्व नीति तथा कार्यक्रममाथि दफावार छलफल गरी पारित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ