प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग, संसद छोडेर हिँडेकोमा आपत्ति

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग, संसद छोडेर हिँडेकोमा आपत्ति

  • मङ्लबार, बैशाख २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै तत्काल स्वास्थ्य परीक्षण गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर बाहिरिएको भन्दै यस्तो माग गरेका हुन् ।

नेता आङ्देम्बेले संसदमा बोल्दै भने, “आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँड्नु स्वाभाविक होइन । यदि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेको कारण उहाँ हिँड्नुभएको हो भने, सरकारले अविलम्ब स्वास्थ्य परीक्षण गरेर उहाँको स्वास्थ्यबारे जानकारी संसदलाई गराउनुपर्छ ।”

उनले प्रधानमन्त्रीको यो व्यवहारलाई ‘अमर्यादित र अहंकारपूर्ण’ भन्दै यसले सदनको गरिमामा दाग लागेको टिप्पणी गरे । कुनै पनि देशको प्रधानमन्त्रीले यस्तो गैर-जिम्मेवार व्यवहार देखाउन नहुने भन्दै आङ्देम्बेले यस विषयमा सरकारको आधिकारिक धारणा समेत माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ