बालेनको उदय जनयुद्ध र क्रान्तिको संकल्पको जित हो : प्रचण्ड

बालेनको उदय जनयुद्ध र क्रान्तिको संकल्पको जित हो : प्रचण्ड

  • मङ्लबार, बैशाख २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन्द्र शाह (बालेन) देशको प्रधानमन्त्री बनेकोमा आफूलाई गर्व लागेको बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले उत्पीडित वर्ग, आदिवासी, जनजाति र पिछडिएको समुदाय राज्यको मूल प्रवाहमा आउनु नै क्रान्तिको वास्तविक उपलब्धि भएको टिप्पणी गरेका हुन्।

माओवादी जनयुद्धको योगदानको चर्चा गर्दै उनले भने, “सामन्तवादविरुद्ध हामीले बन्दुक उठाएर ढोका नखोलेको भए आज उत्पीडित समुदायका दलित, महिला र जनजातिहरू यसरी संसदमा प्रवेश गरेर मन्त्री बन्ने अवस्था आउने थिएन।” उनले बालेन्द्र शाहको राजनीतिक उदयलाई आफूहरूले गरेको क्रान्तिको संकल्पको परिणामका रूपमा व्याख्या गरे।

प्रचण्डले विगतको स्मरण गर्दै काठमाडौँमा मधेसी पहिचान र आत्मसम्मानका लागि आफूहरूले नै अभियान चलाएको दाबी गरे। “हामीले शान्ति प्रक्रियापछि काठमाडौँका भित्ताहरूमा मधेसी हुनुको गर्व स्थापित गर्ने अभियान चलाएका थियौँ। काठमाडौँसँग मधेसले आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरेको थिएन। बालेन्द्र शाह काठमाडौँको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर यो क्रान्तिकै उपलब्धि हो,” उनले भने।

जेनजी (Gen-Z) आन्दोलनपछिको बदलिएको राजनीतिक परिस्थिति र नयाँ निर्वाचनपछि पूर्वप्रधानमन्त्रीहरूमध्ये आफू मात्र निर्वाचित भएर संसदमा आउँदा केही असहज र चुनौतीपूर्ण जिम्मेवारी बोध भएको पनि उनले उल्लेख गरे। रोष्टमबाट सम्बोधन गर्दै उनले थपे, “यो असाधारण परिस्थितिमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएर आउँदा मलाई गर्व र जिम्मेवारी दुवैको महसुस भएको छ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ