SEE नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधार

SEE नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधार

  • सोमवार, बैशाख २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 21.7K
    SHARES

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

गत वर्षको तुलनामा यस वर्षको नतिजामा ४.१७ प्रतिशतले सुधार आएको बोर्डले जनाएको छ। गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।

जीपीए अनुसारको विवरण:
बोर्डका अनुसार विद्यार्थीहरूले प्राप्त गरेको जीपीए (GPA) को विस्तृत विवरण निम्न बमोजिम रहेको छ:

३.६० देखि ४.०० जीपीए: ४८ हजार ३९२ जना

३.२० देखि ३.६० जीपीए: ८० हजार ३७२ जना

२.८० देखि ३.२० जीपीए: ९४ हजार २२२ जना

२.४० देखि २.८० जीपीए: ५५ हजार ९७७ जना

२.०० देखि २.४० जीपीए: ५ हजार १९० जना

१.६० देखि २.०० जीपीए: ७ जना

यस वर्षको परीक्षामा कुल १ लाख ४६ हजार ५०७ जना विद्यार्थी ‘नन ग्रेडेड’ (NG) भएका छन्।

गएको चैत महिनामा सञ्चालित SEE परीक्षामा देशभरबाट कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी