काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आज (मंगलबार) देखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठक बस्ने कार्यसूची रहेको छ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेका अनुसार आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले जेठ १५ गते बजेट ल्याउनुअघि आफ्नो वार्षिक कार्यदिशा र योजनाहरू सदनमा प्रस्तुत गर्न लागेको हो।
संसद् सचिवालयले सबै सदस्यहरूलाई अपराह्न ३:४५ बजेभन्दा अगाडि नै प्रतिनिधिसभाको संयुक्त बैठक कक्षमा उपस्थित हुन अनुरोध गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि सोही आधारमा आगामी आर्थिक वर्षको वार्षिक बजेट निर्माणको प्रक्रिया अघि बढ्नेछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline