सुकुमबासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

सुकुमबासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

  • शुक्रबार, बैशाख २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं, वैशाख २५, २०८३ – सर्वोच्च अदालतले काठमाडौं उपत्यकासहित देशका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा रहेका सुकुमबासी तथा अव्यवस्थित बस्तीहरू नहटाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले यो आदेश सुनाएको हो।

गोपाल रन पहलीसहित ११ जनाले वैशाख ११ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कानूनी प्रक्रिया पूरा नगरी बस्ती हटाउँदा हुने अपूरणीय क्षति र मानवीय संकटलाई औंल्याएको छ।

अन्तरिम आदेशको पाठ :

“मानवीय संकटसमेतलाई दृष्टिगत गरी… मापदण्ड एवं प्रक्रिया र चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्न नगराउनू।”

अदालतले विस्थापित सुकुमबासीहरूको आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्नको आधारभूत आवश्यकता पूर्ति नभएकोतर्फ ध्यानाकर्षण गराउँदै सरकारलाई थप प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको छ। साथै, रिटको टुंगो नलागेसम्म अन्तरिम आदेश लागू हुने र यो प्रकृति गम्भीर भएकाले पूर्ण सुनुवाइका लागि अग्राधिकार प्रदान गरिएको जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ