भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित

  • शुक्रबार, बैशाख २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्रीको आगामी साता हुने भनिएको दुई दिने नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ। सरकारी उच्च स्रोतका अनुसार आगामी मे ११ (वैशाख २८) देखि हुने तय भएको उक्त भ्रमण हाललाई टरेको हो।

नेपालमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नयाँदिल्लीले आफ्ना विदेश सचिवलाई काठमाडौँ पठाउने तयारी गरेको थियो। नयाँ सरकारका प्राथमिकताहरू बुझ्न र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिने उद्देश्यले यो भ्रमण हुन लागेको बताइएको थियो।

भ्रमण सर्नुको कारण के?

भारतीय पक्षले विदेश सचिव मिश्रीको अन्य कार्यव्यस्तता र कार्यतालिकामा आएको परिवर्तनका कारण भ्रमण स्थगित गर्नुपरेको जानकारी नेपाललाई गराएको छ। यद्यपि, भ्रमण एकाएक सर्नुको वास्तविक र ठोस कारणबारे नयाँदिल्लीले विस्तृत विवरण भने खुलाएको छैन।

नयाँ सरकारसँगको प्रारम्भिक संवादका लागि महत्वपूर्ण मानिएको यो भ्रमण स्थगित भएसँगै अब अर्को मिति कहिले तय हुन्छ भन्नेबारे दुवै देशका परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ