‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

  • शुक्रबार, बैशाख २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 72.6K
    SHARES

काठमाडौँ, २५ वैशाखः चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले यही वैशाख २३ गते चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि चलचित्र प्रदर्शनमा आएको हो ।

षट्कोण आर्टस्ले निर्माण गरेको उक्त चलचित्रमा आमा र छोरीको कथा देखाइएको निर्देशक तथा लेखक यम थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले एउटा समयको आमा र छोरीको कथालाई लिएर चलचित्र तयार गरेका छौँ । आफ्ना सन्तानका लागि आमाले गर्ने सङ्घर्षमै चलचित्र केन्द्रित छ । एउटा परिवारले एकसाथ हेर्न मिल्ने चलचित्र तयार भएको छ ।”

चलचित्रमा कलाकार स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, वीरबल चौधरीलगायतले अभिनय गर्नुभएको छ ।

अभिनेत्री खड्काले आफूलाई वर्षौंसम्म अभिनेत्रीका रुपमा चिनाउने चलचित्र ‘लालीबजार’ बन्ने बताउनुभयो । “यो चलचित्रको भएको विशेष प्रदर्शनीमा हेर्ने सबैले दिनुभएको प्रतिक्रियाले उत्साहित छु । हामीले यसलाई बनाउँदा सबैलाई महसुस हुने आमा र छोरीको भावनामा आधारित रहेर तयार गरेका छौँ”, उहाँले भन्नुभयो ।

उक्त चलचित्रको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी