नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

  • बिहिबार, बैशाख २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २४ वैशाखः आजदेखि सुरुआत भएको त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले स्कटल्याण्डलाई ४५ रनले पराजित गर्दै जित हासिल गरेको हो । नेपाल ‘ए’ ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो ।

स्कटल्याण्डका लागि ओपनर फिन्ले म्याक्राथले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ७३ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै, ज्याक जार्भिसले ४५ रन जोड्दा मार्क वाट ३७, ब्रण्डन म्याकमुलन २१, म्याथु क्रस २२ तथा ओलिभर डेभिडसन १७ रनमा आउट भए । नेपाल ‘ए’ का लागि रशिद खानले ३ विकेट लिँदा शाहब आलम, युवराज खत्री र बसिर अहमदले समान २/२ विकेट लिए । त्यसमाथि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रनको योगफल बनाएको थियो ।

नेपाल ‘ए’ का लागि देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ६५ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६३ रनको बनाएका हुन् । त्यस्तै, ओपनर मयन यादवले ४५ रन बनाउँदा कप्तान अनिलकुमार साहले १८ रन जोडे । सन्दीप जोरा ३४, पवन सर्राफ ३१ तथा नारायण जोशी ८ रन बनाउँदै आउट भए । दीपक डुम्रेले अविजित २३ रन बनाए ।

स्कटल्याण्डका लागि ब्राण्डलि करी र सफियान सरिफले समान २/२ विकेट लिए भने ओलिभर डेविडसन, ब्राण्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान १/१ विकेट लिए । अब नेपाल ए ले आफनो दोस्रो अभ्यास खेल भोलि अमेरिकासँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी