बैशाख २२, २०८३, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएई सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजे।
ओमानविरुद्धको पहिलो खेलमा डकवर्थ–लुईस (डीएलएस) मेथडमा १०२ रनको फराकिलो हार बेहोरेको नेपाली टोली आज त्यो हारको बदला लिन चाहन्छ।
मुख्य प्रशिक्षक स्टुअर्ट लले अघिल्लो खेलको तुलनामा दुई खेलाडी परिवर्तन गरेका छन्। आजको खेलमा आशिफ शेख र करण केसी प्लेइङ–११ मा आएका छन्, जबकि भीम सार्की र सोमपाल कामी बेन्चमा रहेका छन्।
नेपालको प्लेइङ–११:
विनोद भण्डारी, आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline