नेपाल र ओमानबीच आज लीग–२ को खेल हुँदै

नेपाल र ओमानबीच आज लीग–२ को खेल हुँदै

  • मङ्लबार, बैशाख २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

कीर्तिपुर । आईसीसी पुरुष क्रिकेट विश्वकप लीग–२ अन्तर्गत नेपाल र ओमानबीच आज मंगलबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा खेल हुने भएको छ। खेल नेपाली समयअनुसार बिहान ९:३० बजे सुरु हुनेछ।

गत साता अप्रिल २९ मा भएको पहिलो खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको थियो। सो खेलमा ओमानले ५० ओभरमा ३०५ रनको विशाल योगफल बनाएको थियो भने नेपाल ३६.५ ओभरमा १५५ रनमा सीमित हुँदै डकवर्थ लुइस विधिबाट हारेको थियो। ओमानका कप्तान जटिन्दर सिंहले ९६ बलमा १३० रनको उत्कृष्ट पारी खेलेका थिए भने नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६० रन बनाएका थिए।

नेपालले उक्त हारको बदला लिने लक्ष्यसहित मैदानमा उत्रने अपेक्षा गरिएको छ। अंक तालिकाअनुसार ओमान २६ म्याचबाट ३१ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल २२ म्याचबाट १४ अंकसहित सातौं स्थानमा रहेको छ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम शार्की, आरिफ शेख, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसीलगायतका खेलाडी रहेका छन्। ओमानको कप्तानी जटिन्दर सिंहले गर्नेछन्।

प्रतियोगिताअन्तर्गत नेपालले यसअघि जुन २०२४ मा ओमानलाई ६ विकेटले हराएको थियो। दुई टोलीबीच खेलिने यो छैटौं लीग–२ खेल हुनेछ, जसमध्ये तीनमा नेपाल र दुईमा ओमान विजयी भएको छ।
नेपाल टोली :
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम शार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल, करण केसी।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी