हेटौंडाको सानोपखेरामा रहेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निवास तथा उनको कम्पनी ‘बानियाँ निर्माण सेवा (बीएनएस)’को कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।
अवैध सम्पत्ति लुकाएको शंकामा विभागको टोलीले एकैसाथ दुवै स्थानमा कारबाही गरेको हो।
उक्त घर तथा कार्यालयबाट विभागले आवश्यक कागजपत्रहरू संकलन गरी लगेको छ। मुख्यमन्त्री बानियाँ अन्य धेरै कम्पनीमा पनि लगानीकर्ता रहेको बताइन्छ। घटनाबारे विभागले थप अनुसन्धान जारी राखेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline