लिपुलेक विवाद: भारतद्वारा नेपालको दाबी अस्वीकार, ‘ऐतिहासिक तथ्य नभएको’ जिकिर

लिपुलेक विवाद: भारतद्वारा नेपालको दाबी अस्वीकार, ‘ऐतिहासिक तथ्य नभएको’ जिकिर

  • सोमवार, बैशाख २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

नयाँ दिल्ली । नेपाली भूमि लिपुलेक हुँदै भारतले कैलाश मानसरोवर यात्रा मार्ग खुला गरेपछि उत्पन्न विवादमा भारतले आफ्नो औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले नेपालको कूटनीतिक नोट र सीमा सम्बन्धी दाबीका विषयमा भारतको धारणा स्पष्ट पार्नुभएको हो।

लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको र यो कुनै नयाँ विकास नभएको प्रवक्ता जैसवालले उल्लेख गर्नुभएको छ।

नेपालले गरेको भौगोलिक दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भारतको तर्क छ। प्रवक्ता जैसवालले नेपालको कदमलाई ‘एकपक्षीय र कृत्रिम भौगोलिक विस्तार’ को संज्ञा दिँदै त्यो भारतलाई स्वीकार्य नहुने बताउनुभएको छ।

सीमा विवादका बाबजुद भारत नेपालसँगको द्विपक्षीय सम्बन्धका सबै विषयमा खुला रूपमा संवाद गर्न तयार रहेको उहाँको भनाइ छ।

यसअघि आइतबार साँझ मात्रै नेपाल सरकारले लिपुलेक क्षेत्रमा भइरहेका गतिविधिलाई लिएर भारत र चीन दुवै देशलाई ६ बुँदे कूटनीतिक नोट पठाएको थियो।

भारतको यो पछिल्लो प्रतिक्रियाले लिपुलेक र कालापानी क्षेत्रको सीमा विवादलाई थप पेचिलो बनाएको देखिएको छ। नेपालले भने आफ्नो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको बुच्चे नक्साका आधारमा उक्त क्षेत्र आफ्नो भएको अडान राख्दै आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ