देशभरका अतिक्रमित संरचना हटाउन सरकारको कडा परिपत्र, ७७ वटै जिल्ला प्रशासनलाई गृहको निर्देशन

देशभरका अतिक्रमित संरचना हटाउन सरकारको कडा परिपत्र, ७७ वटै जिल्ला प्रशासनलाई गृहको निर्देशन

  • बिहिबार, बैशाख १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौँ, १७ वैशाख । सरकारले देशभरका सार्वजनिक तथा सरकारी जग्गामा गरिएका अतिक्रमण हटाउन सक्रियता बढाएको छ। गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई सर्कुलर जारी गरी अतिक्रमित संरचना हटाउन निर्देशन दिएको हो।

मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै सम्बन्धित निकायहरूसँग समन्वय गरी अतिक्रमित जग्गाको पहिचान गर्न र ती क्षेत्र खाली गराउने कार्ययोजना मन्त्रालयमा पठाउन भनेको छ। यसअघि चैत २० गते पनि गृहले यस्तै परिपत्र गरेको थियो।

यसैबीच, काठमाडौँ उपत्यकाका नदी किनारामा बनेका अनधिकृत संरचनाहरू शुक्रबारदेखि हटाउन सुरु गरिँदैछ। सोही प्रयोजनका लागि आज (बिहीबार) काठमाडौँका विभिन्न नदी तटीय क्षेत्रहरूमा माइकिङ गरी संरचना हटाउन जानकारी गराइएको छ। अतिक्रमण हटाउने कार्यमा आवश्यक सुरक्षा प्रबन्ध र सहजीकरण मिलाउन गृहले स्पष्ट निर्देशन दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी