त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले सामूहिक राजीनामा दिने

त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले सामूहिक राजीनामा दिने

  • बिहिबार, बैशाख १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयका शीर्ष तीन पदाधिकारीहरूले आज आफ्नो पदबाट राजीनामा दिँदैछन्। उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालले सामूहिक राजीनामा दिन लागेका हुन्।

सरकारले विश्वविद्यालयसम्बन्धी नयाँ अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेसँगै नयाँ परिस्थिति सिर्जना भएको छ। यस्तो अवस्थामा सरकारलाई काम गर्न सहज वातावरण मिलोस् भन्ने उद्देश्यले आफूहरूले मार्गप्रशस्त गर्न लागेको पदाधिकारीहरूको भनाइ छ।

“हामीले आज राजीनामा दिँदैछौं,” शिक्षाध्यक्ष खड्ग केसीले पुष्टि गरे।

त्रिविमा सामान्यतया पदाधिकारीहरूको कार्यकाल ४ वर्षको हुन्छ। वर्तमान पदाधिकारीहरूको नियुक्ति विवरण यस प्रकार छ:

उपकुलपति प्रा.डा. दीपक अर्याल: २०८२ असार २५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नियुक्त।

शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजाल: २०८० चैतमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा नियुक्त।

त्रिवि ऐनअनुसार प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति रहने व्यवस्था छ। सोही अनुसार पदाधिकारीहरूले कुलपतिसमक्ष आफ्नो राजीनामा बुझाउनेछन्। पछिल्लो समय त्रिवि सुधारका प्रयासहरूमा सक्रिय रहेका यी पदाधिकारीहरूको बहिर्गमनलाई शैक्षिक वृत्तमा चासोका साथ हेरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी