१६ बैशाख, काठमाडाैं । याे साता सरकारले काठमाडाैंका बागमती नदी र मनाेहरा खाेला किनार वारिपारिका अवैध रूपमा खडा गरिएका करिब एक हजार घर, टहरा र छाप्राे डाेजर लगाएर भत्काइदिएकाे छ ।
भत्काइएपछि त्यस ठाउँमा वर्षाैंदेखि रहेका मानिस (सुककुमवासी र गैर सुकुमवासी)हरूकाे दैनिक खाद्यान्न, लत्ताकपडा, फर्निचर आधासराे किनार क्षेत्र उद्युम लगाएर र छाेपछाप गरेर राखेकाे अवस्थामा छन् । भन्या बेला काेठा नपाउँदा वा भाडा तिर्ने पैसा नहुँदा केहि मानिस आफ्ना सामान राखेकै ठाउँमा पालमुनि बास काटिरहेका पनि देख्न सकिन्छ ।
दिनदिनै दर्किने पानीले त उनीहरूलाई सामन जाेगाउन र बालबच्चा बचाउन मुश्किल परेकाे छ । सरकारकाे विवरणमा नाम टिपाए पनि बस्दै आएकाे टहरा भत्किएपनि ठाउँकाे माया अझै मर्न सकेकाे छैन । बागमती नदीकाे सिनामंगलस्थित किनारमा बाँसका टहरा बनाई ३२ वर्षदेखि बस्दै आइरहेका सिन्धुलीका बुद्धिमान विकका परिवार सरकारले भत्काएका टहराका सामन सम्हाल्न कठिनाइ परेकाे छ ।
ओढ्ने, ओछ्याउने, भाँडाकुँडा व्यवस्थापन गर्न गाह्राे भइरहेकाे पीडा सुनाए ।
‘हामी सुकुमवासी हाैं, सरकारलाई नाम टिपाएका छाैं । तर सरकारले राख्नै ठाउँ यहाँजस्ताे स्वतन्त्र हुन्छ भन्ने लागेकाे छैन’ उनकाे भनाई छ । खानेकुरा मिठाेमसिनाे नभए नि हुने तर सुत्ने र बस्ने ठाउँ खुला र आनन्दमयी हुनुपर्ने उनी जस्तै धेरैकाे भनाई छ । छाप्राेमै भएनि हामी खुशी थियाैं । विकसँग श्रीमती, छाेरा-बुहारी र छाेरी गरी पाँच परिवार छन् ।
‘ज्याला मजदुरी गरेर पनि काठाभाडा तिर्न नपर्दा दैनिकी चलाउन सहज भएकाे उनले सुनाए । अब भाडा तिर्नुपरे हामी त खत्रक्कै हुन्छाैं’ उनकाे पीडा छ ।
सामान हटाउन ३ दिने सूचना
यसबीचमा हटाइएका घर, टहरा-छाप्राका सरसामन ३ दिनभित्र हटाउन अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले मंगलबार किनार क्षेत्रमा सार्वजनि सूचना टाँसेकाे छ । ताेकिएकाे समयभित्र नहटाइए सरसामान हराए समिति जिम्मेवार नहुने समेत जनाएकाे छ ।
बस्दै आइरहेका छाप्राे भत्किइँदा पनि सुख नपाएकाे पीडितहरू बताउँछन् । सामान राख्ने ठाउँ नहुँदा भत्किएकै ठाउँमा जस्ता, पालले छाेपेर राखेका छन् । सामान कुर्न उनीहरू रातमा त्यही बस्छन् ।
जानकारी अनुसार भत्काइएका सबै क्षेत्रमा विकासबारे याेजना बनाउन सूचनापछि सरकारले नै सरसामन कवाडीमा दिने र खण्डहरलाई पन्छाउनेछ ।

