वर्षाले बिथोलेको खेलमा नेपालमाथि ओमानको १०२ रनको जित

वर्षाले बिथोलेको खेलमा नेपालमाथि ओमानको १०२ रनको जित

  • बुधबार, बैशाख १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा घरेलु टोली नेपाल ओमानसँग डीएल मेथडमा पराजित भएको छ।

बुधबार वर्षाले प्रभावित भएको सो खेलमा नेपाल ओमानसँग डीएल मेथडमा १ सय २ रनले पराजित भएको हो।

जारी सिरिजमा नेपालले पहिलो हार व्यहोरेको हो भने ओमानले पहिलो जित दर्ता गरेको छ। नेपालले पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो भने ओमान पहिलो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो।

ओमानले दिएको ३ सय ६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। वर्षाले खेल पुनः सुरु हुन नसकेपछि नेपालले जारी सिरिजमा पहिलो हार व्यहोरेको हो।

गुल्सन झा १४ र सोमपाल कामी २ रनमा नटआउट रहे। दीपेन्द्र सिंह ऐरीले ६० रन बनाउँदै पेभेलियन फर्किए। भिम सार्की २८ रनमा आउट भए। रोहित पौडेलले १०, आरिफ शेखले १४ रन थपे।

ओपनर कुशल भुर्तेल १ रन बनाउँदा एलबीडब्लुको धरापमा परे। आशिफ शेख १९ रनमा क्याच आउट भए।

रोहित कुमार पौडेल १० रन बनाउँदा नदीम खानको बलमा बोल्डआउट भए। १ रन बनाएका बसिर अहमद पनि नदीमकै बलमा आउट भए।

ओमानका लागि नदीम खानले ३ विकेट लिए। सकिल अहमदले २ तथा मुहम्मद इमरान र वसिम अलीले समान १–१ विकेट लिए।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रनको योगफल तयार पारेको थियो।

ओमानका ओपनर जतिन्दर सिंहले सर्वाधिक १ सय ३० रनको योगदान दिए। उनले ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गरे। जतिन्दरले ७३ बलमा १३ चौका र ४ छक्काको सहयोगमा शतक पूरा गरे।

४८ बलमा १ चौका र १ छक्काको सहयोगमा ४८ रन बनाएका अशिष ओडेरा सन्दीप लामिछानेको बलमा आउट भए। सन्दीपले १५औं ओभरको दोस्रो बलमा अशिषलाई पेभेलियनको बाटो देखाए।

आर्यन राजु विसले ३५ र हमद मिर्जाले ३० रन थपे।

नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए।

सिरिजको तेस्रो खेलमा नेपालले पर्सि (शुक्रबार) युएईसँग पुनः खेल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी