ओमनले नेपाललाई ३०६ रनको चुनौती, जतिन्दर सिंहको शतकीय पारी

ओमनले नेपाललाई ३०६ रनको चुनौती, जतिन्दर सिंहको शतकीय पारी

  • बुधबार, बैशाख १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ (वैशाख १६, २०८३) – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमनले घरेलु टोली नेपाललाई जितका लागि ३०६ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन बनायो। ओमनका आक्रामक ओपनर जतिन्दर सिंहले ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतले १३० रनको शतकीय पारी खेले।

जतिन्दरले ७३ बलमै १३ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरे। अशिष ओडेराले ४८ बलमा १ चौका र १ छक्का सहित ४८ रन बनाए, तर सन्दीप लामिछानेको बलमा आउट भए। सन्दीपले १५औँ ओभरको दोस्रो बलमा अशिषलाई पेभेलियनको बाटो देखाए।

यसैगरी, आर्यन राजु विसले ३५ र हमद मिर्जाले ३० रनको योगदान दिए।

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट चार विकेट लिए। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट हात पारे।

नेपाल अब केहीबेरमा जवाफी ब्याटिङ गर्दै ३०६ रनको विशाल लक्ष्य पछ्याउनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी