सरकारले संसद छलेर अध्यादेश ल्याएपछि काँग्रेसको पहलमा बिपक्षी दलहरुको बैठक बस्दै

सरकारले संसद छलेर अध्यादेश ल्याएपछि काँग्रेसको पहलमा बिपक्षी दलहरुको बैठक बस्दै

  • बुधबार, बैशाख १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ – सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्य विपक्षी दलहरूको आपत्कालीन बैठक बोलाएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले उक्त बैठक सिँहदरबारस्थित सङ्घीय संसद् भवन नजिकै रहेको पार्टी कार्यालयमा दिउँसो १२ बजेका लागि आह्वान गरेका हुन्। उनका प्रेस सल्लाहकार एम. ढुङ्गानाका अनुसार बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीलाई सहभागी गराइने छ।

सरकारले गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जारी गर्नका लागि पठाउने निर्णय गरेको थियो। प्रमुख प्रतिपक्षीले अध्यादेशको विषयवस्तु, आवश्यकता र संसदीय प्रक्रियामाथि गम्भीर आपत्ति जनाउँदै सहमति नभई अध्यादेश नल्याउन माग गर्दै आएको छ। राष्ट्रपति कार्यालयका अनुसार भने अध्यादेशका विषयमा अध्ययन जारी रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ