महिला च्यालेन्ज ट्रफीमा अमेरिकासँग नेपालको लज्जास्पद हार

महिला च्यालेन्ज ट्रफीमा अमेरिकासँग नेपालको लज्जास्पद हार

  • आइतवार, बैशाख १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डाै‌ ।
आइसिसी महिला टी–२० आई च्यालेन्ज ट्रफीमा नेपालले अमेरिकाविरुद्ध लज्जास्पद हार व्यहोरेको छ। रुवान्डामा संघर्षपूर्ण ब्याटिङ गरेको नेपाल सात विकेटले पराजित भएको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र ८६ रनको योगफल बनाएको थियो। विकेटकिपर रुबी पोद्दारले अर्धशतकीय पाली खेल्नुबाहेक अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्। ५१ बलमा नटआउट ५१ रनको योगदान गरेकी पोद्दारले पाँच चौका र एक छक्का प्रहार गरिन्।

ओपनर सम्झना खड्का पहिलो बलमै पेभेलियन फर्किइन्। पूजा महतो, कप्तान इन्दु बर्मा र कविता कुँवरले समान आठ रन बनाउँदा बिन्दु रावल र रोमा थापा (नटआउट)ले तीन तथा कविता जोशीले मात्र एक रन जोडे।

अमेरिकाकी ऋतु सिंह र माही माधवनले समान दुई तथा अदितिबा सुदासमा र सैनावी कामबलापल्लीले एक–एक विकेट हात पारे। जवाफी ब्याटिङ गरेको अमेरिकाले ११.५ ओभरमै मात्र तीन विकेट गुमाएर ८९ रन जोड्यो। यसअघि भानुआटुसँग २२ रनले पराजित भएको नेपालले इटाली र रुवान्डालाई हराएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी