१२ बैशाख, काठमाडाैं । सरकारले बागमती किनारकाे गैरीगाउँ र सिनामंगल क्षेत्रमा सुकुमवासीकाे नाममा अवैध रूपमा बसाेबास गर्दै आइरहेकाे बस्ती भत्काउने क्रम अहिले पनि जारी छ ।
शनिबार दिउँसाेबाट ४ वटा स्काभेटर, २ वटा जेसीबी, बुल्ड डाेजर एक वटासहितले टहरा, पक्की घर भत्काउने काम गरिरहेकाे छ ।
किनारकाे गैरीगाउँपट्टि टहरा र साधारण पर्खालले बनेका घर भएकाले भत्काएर लगभग सकिसकेका छन् भने वारि कात्यायनीतर्फकाे भागमा भने १५/२० प्रतिशत जतिमात्र काम भएकाे बताइन्छ । सयाैं संख्या जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएकाे छ । महानगर प्रहरी पनि खटिएका छन् ।
भत्काउने काम रातभर चल्ने र सुरक्षा मजबुत बनाउन सरकारले सेना समेत परिचालन गरेकाे छ । थापाथली बस्तीका झैं यहाँका मानिसहरू सामन पञ्छाउने र अन्यत्र सरिनसकेकाे पाइएकाे छ । त्यसैले डाेजर चलाइएकै अवस्थामा उनीहरू सामन झिक्न र सुरक्षित हुन मुश्किल परेकाे देखिन्छ । हल्का वर्षा पनि चलेकाले सामन जाेगाउन समेत धाै परेकाे छ ।
पिलर उठाएर बनाइएका घर धेरै रहेकाले समय लाग्ने र रातभर मेशिन चलाएर बिहानसम्ममा सक्ने याेजना सरकारले लीएकाे बताइन्छ । भत्काउने क्रममा कतैबाट अवराेध नआएकाे र अहिले काम सुचारू रहेकाे बताएका छन् । स्काभेटर थप गर्ने काेशिस पनि भइरहेकाे जनाइएकाे छ । टहरा मात्र रहेका थापाथलीमा भने यहि मेशिन चलाएर शनिबार बिहान ११ बजेतिर भत्काउने पूरा गरिएकाे थियाे ।
उता मनाेहरा खाेला किनारका अवैध बस्तीमा पनि डाेजर लगाएर आइतबार नै भत्काइसक्ने याेजना सरकारकाे रहेकाे बताइन्छ । त्यहाँ बस्ती भत्काउन डाेजरसहित प्रहरी पुगेकाे छ । तर बस्तीका मानिसहरूले डाेजर प्रहरीमाथि ढुंगामुढा गरेका छन् । साेमबारदेखि कार्यालय लाग्ने भएकाले भत्काउने काम राेक्न अदालतबाट आदेश जारी हुन सक्ने त्रास सरकारलाई छ ।
यता बस्ती हटाउने क्रममा पहिचान भएका वास्तविक सुकुम्वासीहरूलाई सरकारले निःशुल्क रूपमा खानेकुरासहित कीर्तिपुर, चन्द्रगिरि लगायत क्षेत्रमा उप्लब्ध स्थान पठाउने काम गरेकाे छ भने केहिलाई वकाठकाडशैंका विभिन्न लजमा राखेकाे छ ।
