• शनिबार, बैशाख १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

१२ बैशाख, काठमाडाैं । सरकारले बागमती किनारकाे गैरीगाउँ र सिनममंगलमा सुकुमवासीकाे नाममा अवैध रूपमा बसाेबास गर्दै आइरहेकाे बस्ती भत्काउने क्रम अहिले पनि जारी छ ।

शनिबार दिउँसाेबाट ४ वटा स्काभेटर, २ वटा जेसीबी, बुल्ड डाेजर एक वटासहितले टहरा, पक्की घर भत्काउने काम गरिरहेकाे छ ।
किनारकाे गैरीगाउँपट्टि टहरा र साधारण पर्खालले बनेका घर भएकाले भत्काएर लगभग सकिसकेका छन् भने वारि कात्यायनीतर्फकाे भागमा भने १०/१५ प्रतिशत जतिमात्र काम भएकाे बताइन्छ । सयाैं संख्या जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएकाे छ । महानगर प्रहरी पनि खटिएका छन् ।

भत्काउने काम रातभर चल्ने र सुरक्षा मजबुत बनाउन सरकारले सेना समेत परिचालन गरेकाे छ । थापाथली बस्तीका झैं यहाँका मानिसहरू सामन पञ्छाउने र अन्यत्र सरिनसकेकाे पाइएकाे छ । त्यसैले डाेजर चलाइएकै अवस्थामा उनीहरू सामन झिक्न र सुरक्षित हुन मुश्किल परेकाे देखिन्छ । सामान्य वर्षा पनि चलेकाले सामान जाेगाउन धाै परेकाे छ ।

पिलर उठाएर बनाइएका घर धेरै रहेकाले समय लाग्ने र रातभर मेशिन चलाएर बिहानसम्ममा सक्ने याेजना सरकारले लीएकाे बताइन्छ । भत्काउने क्रममा कतैबाट अवराेध नआएकाे र अहिले काम सुचारू भइरहेकाे बताएका छन् । स्काभेटर थप गर्ने काेशिस पनि भइरहेकाे जनाइएकाे छ । टहरा मात्र रहेका थापाथलीमा भने यहि मेशिन चलाएर शनिबार बिहान ११ बजेतिर भत्काउने पूरा गरिएकाे थियाे ।

उता मनाेहरा खाेला किनमरका अवैध बस्तीमा पनि डाेजर लगाएर आइतबार नै भत्काइसक्ने याेजना सरकारकाे रहेकाे बताइन्छ । साेमबारदेखि कार्यालय लाग्ने भएकाले भत्काउन राेक्न अदालतबाट आदेश जारी हुन सक्ने त्रास सरकारलाई छ ।

यता बस्ती हटाउने क्रममा पहिचान भएका वास्तविक सुकुम्वासीहरूलाई सरकारले निःशुल्क रूपमा खानेकुरासहित कीर्तिपुर, चन्द्रगिरि लगायत क्षेत्रमा उप्लब्ध स्थान पठाउने काम गरेकाे छ भने केहिलाई वकाठकाडशैंका विभिन्न लजमा राखेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ