थापाथली बस्तीका असली सुकुमवासीलाई मालसामन ओसार्न गाडी निःशुल्क उप्लब्ध गराउँदै महानगर प्रहरी

थापाथली बस्तीका असली सुकुमवासीलाई मालसामन ओसार्न गाडी निःशुल्क उप्लब्ध गराउँदै महानगर प्रहरी

  • शनिबार, बैशाख १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

१२ बैशाख, काठमाडाैं । थापाथलीकाे सुकुम्वासी बस्ती खाली गराउने क्रममा सुकुमवासी पहिचान भएकाहरूलाई काठमाडाैं महानगरले सामन ढुवानीमा सहयाेग गरेकाे छ । यसअघि टहरा भत्काउन उग्र रूपमा प्रस्तुत हुने भनी आराेप लाग्दै आइरहेका महानगर प्रहरी यसपटक भने आफ्नै खर्चमा सुकुमवासीकाे सरसामन ढुवानी गर्ने कार्यमा देखिएकाे भन्दै सर्वसाधारणले प्रशंसा समेत गरेका छन् ।

सामन लाेड गर्ने कार्यमा समेत महानगर प्रहरी खटेका छन् । असली सुकुमवासीलाई हृदयदेखि नै सहयाेग गर्ने र उनीहरूलाई  स्वास्थ्य, खाद्यान्न, बास लगायतमा समस्या आउन निदने महानगरकाे याेजना रहेकाे उनीहरूले बताए । सामन पुर्याउइदिनु पर्ने भएकाले विवरणमा नाम टिपाउन समेत भनिरहेका छन् ।

सक्कली सुकुमवासीलाई महानगरले आफ्नै गाडीमा मालसामन हालेर ताेकिएकाे ठाउँसम्म पुर्याउन थालिएकाे हाे । सरकारले दशरथ रंगशालामा पुर्याएर सक्कली सुकुमवासी पहिचान गर्ने काम गरिरहेकाे छ ।

त्यहाँबाट पहिचान भएकाहरूकाे थापाथलीमा जम्मा पारिएका मालसामन विववरण अनुसार उनीहरूलाई राखिने स्थानहरूमा पुर्याउने गरिएकाे फिल्डमा खटिएका महानगर प्रहरीकाे भनाई छ ।

थापाथलीमा रहेका झण्डै ३०० बढी परिवार सबै सुकुमवासी रहेकाे दाबी गरेपनि हालसम्म ४० जना जतिमात्र पहिचान भएकाे बताइएकाे छ । अधिकांश मानिस नक्कली सुकुमवासी रहेका र तिनीहरू यसअघि नै बाटाे लागेकाे हुन सक्ने अडकल हुन थालिएकाे छ । पहिचान भएकामध्ये ४ परिवारलाई अस्थायीस्वरूप कीर्तिपुरस्थित राखिएकाे छ ।

सरकारले राेकिएकाे बागमती काेरिडाेर याेजना सम्पन्न गराउन थापाथलीमा रहेका अस्थायी टहरा बस्तीलाई आज बिहान सरकारले डाेजर लगाएर पूर्ण रूपमा खाली गरेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ