१२ बैशाख, काठमाडाैं । थापाथलीकाे सुकुम्वासी बस्ती आज बिहान सरकारले डाेजर लगाएर पूर्ण रूपमा खाली गरेकाे छ । बिहीबार नै आजबिहान छ बजेसम्म खाली दिइएकाे अल्टिमेटम अगावै शुक्रबार त्यहाँबा अधिकांश मानिस ठाउँ छाडेर हिँडिसकेका थिए ।
तैपनि सरकारले शनिबार बिहान डाेजर लगेर टहरा भत्काइदिएकाे हाे । त्यसक्रममा त्यहाँ रहेका सुकुम्वासी (घरबारबिहीन)हरूलाई सरकारले दशरथ रंगशालामा लगेर राखिएकाे छ । त्यहीँबाट उनीहरूकाे सुकुम्वासी पहिचान गरेर बन्दाेबस्तीका लागि सुरक्षित स्थान लगिने भएकाे छ ।
थापाथलीमा करिब ३०० बढी संख्यामा सुकुमवासी रहेका बताएपनि वास्तविक सुकुम्वासी न्यून रहेकाे देखिएकाे छ । याे अवस्था सरकारले गर्दै आइरहेकाे अडकलसँग धेरै मात्रामा मेल खाने देखिन्छ ।
सरकारले गैरीगाउँ र मनाेहराका सयाैं मानिसलाई टहरा भत्काई हटाइदिएकाे छ । हटाउने क्रममा संभावित परिस्थितिलाई मध्यनजर गर्दै महानगर प्रहरी, जनपथ र सशस्त्र प्रहरीकाे बाक्लाे संख्यामा परिचालन गरिएकाे थियाे । अवैध वस्ती हटाउने काम सहज र समन्वय कायम भएकाे देखिन्छ । (हेर्नुस् तस्बिर)

