लिग-२: यूएईले टस जित्यो, नेपालले पहिले ब्याटिङ गर्दै

लिग-२: यूएईले टस जित्यो, नेपालले पहिले ब्याटिङ गर्दै

  • शनिबार, बैशाख १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौँ: आइसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्दैछ। त्रिवि क्रिकेट मैदानमा भएको टसमा यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।

नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रिएको छ। एक दिवसीय मान्यता जोगाउन दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ। हाल अंक तालिकाको पुछारतिर रहेका नेपाल र यूएई दुवै शीर्ष ६ मा पर्न सङ्घर्षरत छन्, जसका कारण आजको खेलमा दुवै टोली जितको खोजीमा हुनेछन्।

तालिकाको अवस्था
नेपाल: २० खेलमा ५ जित र १३ हारसहित १२ अंकका साथ सातौँ स्थानमा।

यूएई: २० खेलमा ५ जित र १५ हारसहित १० अंकका साथ तालिकाको अन्तिम स्थानमा।

ओमान: २४ खेलबाट २९ अंक बटुल्दै तेस्रो स्थानमा सुरक्षित।

नेपालको ‘प्लेइङ-११’
आजको खेलमा नेपालले सन्तुलित टोली मैदान उतारेको छ:
१. कुशल भुर्तेल
२. आशिफ शेख
३. भीम सार्की
४. रोहित पौडेल (कप्तान)
५. बसिर अहमद
६. दीपेन्द्रसिंह ऐरी
७. आरिफ शेख
८. सोमपाल कामी
९. करण केसी
१०. सन्दीप लामिछाने
११. ललित राजवंशी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी